महोत्तरीमा एक महिला कैदीको मृत्यु

महोत्तरीमा एक महिला कैदीको मृत्यु

चितवन ३ साउन। महोत्तरीमा एक कारागरमा रहेकी महिलाको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु भएको हो।

शुक्रवार राति जिल्ला अस्पतालमा उपचारको मृत्यु भएको हो। मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको हुन्।

कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ देखि कैद सजाय भोग्दै आएकी उनको उपचारको क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए। टाउको दुखेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। पहिलेदेखि नै टाउको दुख्दै आएको र अचानक बेहोस भएपछि अस्पताल लगेको जेलर महासेठले बताए।



ट्रेन्डिङ