सिरहा र सप्तरीमा धानबाली डुबानमा

सिरहा र सप्तरीमा धानबाली डुबानमा

सप्तरी ३ साउन। अविरल वर्षाका कारण सिरहा र सप्तरीमा धानबाली डुबानमा परेको छ। सिरहा र सप्तरीमा करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको हो।

सिरहा र सप्तरीमा यतिबेला करिब ९५ प्रतिशत रोपाइ सकिएको छ तर लगभग सिधिने बेला आएको अविरल वर्षाका सहित आएको बाढीका कारण डुबानमा परेको छ।

सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ। सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको छ।

यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको छ।

 



ट्रेन्डिङ