राजदूत आचार्यद्वारा मुख्यमन्त्री योगीको ध्यानाकर्षण

राजदूत आचार्यद्वारा मुख्यमन्त्री योगीको ध्यानाकर्षण

चितवन २ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतमा यसको बिरोध भएको थियो। भारतीय विश्व हिन्दू सघंले पनि ओलीको भनाइ प्रति आपत्ति जनाएको थियो।

यसैक्रममा भारतको बनारसमा नेपालीमा माथि ज्यादती हुन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन्।

भारतको हिन्दूवादी संगठनका कार्यकर्ताले कथितरुपमा एक नेपाली युवाको कपाल मुन्डन गरेर भारतको समर्थन र नेपालको विरोधमा नारा लगाउन लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल भएपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यस विषयमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई यसबारे ध्यानकर्षण गराएका छन् ।

 



ट्रेन्डिङ