Banner News
एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं २ साउन। खेल पत्रकार प्रकाश तिमिल्सिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले दुर्व्यवहार गरेका छन्।
एन्फाका पूर्वअध्यक्ष गणेश थापाले दुर्व्यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।
बिहीबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सिनालाइ गाली गलौजसहित अभद्र ब्यवहार गरेका मञ्चले जनाएको छ ।
थापाका छोरा अभिषेकले कार्यालयमा नै गई पत्रकार तिमल्सिनासँग बादविवाद गरेको भन्दै मञ्चले विरोध जनाएको छ ।