किसान क्रेडिट कार्ड जारी गरिने नेपाल राष्ट्र बैंकको घोषणा

किसान क्रेडिट कार्ड जारी गरिने नेपाल राष्ट्र बैंकको घोषणा

चितवन २ साउन। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै कृषि प्रबर्द्धनका लागि बैंकिङ लगानी बढाउन विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कृषि उत्पादन बढाउनका लागि ऋण लगानी बढाउने, प्रविधिको प्रयोग गरी संस्थागत विकास गरिने घोषणा गरेका छन्।

कृषि विकास बैंकलाई कृषि परियोजनामा लगानी गर्न अगुवा बैंकको रुपमा विकास गरिने जानकारी दिए। त्यस्तै किसान क्रेडिट कार्ड जारी गरिने उनले घोषणा गरेका छन्।



ट्रेन्डिङ