नेपाली कांग्रेसले गर्यो प्रतिष्ठानमा ३ जना निर्देशक नियुक्त

नेपाली कांग्रेसले गर्यो प्रतिष्ठानमा ३ जना निर्देशक नियुक्त

चितवन २ साउन। नेपाली कांग्रेसले केन्द्रीय उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३ जना सदस्यलाई निर्देशकमा नियुक्त गरेको छ।  केन्द्रीय उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमा ३ जना सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा) लाई नियुक्त गरेका हुन् ।

नियुक्त भएका सबैजना प्रतिष्ठानको केन्द्रीय सदस्य हुन् ।



ट्रेन्डिङ