गाउँपालिकाका अध्यक्ष माथि छुरा प्रहार

गाउँपालिकाका अध्यक्ष माथि छुरा प्रहार

विराटनगर २ साउन। मोरङमा पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा गाउँपालिकाका अध्यक्ष माथि छुरा प्रहार भएको छ।

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको हो । शुक्रबार कार्कीलाई कार्यकक्षमै धारिलो हतियार छुरा प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार छुठकुरीले गउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपी ठकुरीले २०७६/०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ ।

 



ट्रेन्डिङ