सचिवालय बैठक बोलायो नेकपाले

सचिवालय बैठक बोलायो नेकपाले

चितवन २ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक दुई दिनका लागि स्थकित गरेको समयमा शनिबार सचिवालय बैठक बोलाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

 



ट्रेन्डिङ