भारतमा कोरोना संक्रमित संख्या १० लाख नाघ्यो

भारतमा कोरोना संक्रमित संख्या १० लाख नाघ्यो

एजेन्सी २ साउन। छिमेकि मुलुक भारतमा २४ घन्टामा कोरोना भाइरसका ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरस संक्रमित संख्या १० लाख तीन हजार ८३२ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ । अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख ३५ हजार ७५७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ