नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो

चितवन २ साउन।आज (शुक्रबार) दिउँसो ३ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सरेको छ।

बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन्।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति यसअघि नै भएको थियो।

तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो



ट्रेन्डिङ