अफगानिस्तानमा सैनिक कारबाहीमा २७ आतंककारी मारिए

अफगानिस्तानमा सैनिक कारबाहीमा २७ आतंककारी मारिए

एजेन्सी २ साउन। बिहीबार अफगानिस्तानमा सैनिक कारबाहीमा परी २७ आतंककारी मारिएका छन्। कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका हुन्।

उक्त सैन्य कारबाही त्यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।

कान्दाहार प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि त्यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।

सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते  पनि भएका जनाइएको छ ।



ट्रेन्डिङ