मौद्रिक नीति पारित, आजै नीति सार्वजनिक गर्ने तयारी

मौद्रिक नीति पारित, आजै नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं २ साउन। नेपाल राष्ट्र बैंकले ल्यान लागेको आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ।

बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौदि्रक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

मौद्रिक नीतिले ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ-गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।



ट्रेन्डिङ