भारतमा नेपालीमाथि ज्यादती सुरु, कपाल मुण्डन गरेर नारा लगाउन लगाइयो

भारतमा नेपालीमाथि ज्यादती सुरु, कपाल मुण्डन गरेर नारा लगाउन लगाइयो

चितवन २ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतमा यसको बिरोध भएको थियो। भारतीय विश्व हिन्दू सघंले पनि ओलीको भनाइ प्रति आपत्ति जनाएको थियो।

यसैक्रममा भारतको बनारसमा नेपालीमा माथि ज्यादती हुन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन्।

विश्व हिन्दू सेनाले ती नेपाली युवकको जबरजस्ती मुण्डन गरेर उनलाई जय श्री रामको नारा लगाउन पठाएको थियो ।

घटनाको भिडियो सामाजिक संजालमार्फत जारी गरेका अरुण पाठकविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेकाे भारतिय संचारमाध्यमहरुले जनाएकाे छ।

नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका छन्। उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्।

उता विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।



ट्रेन्डिङ