स्थगित भएका परीक्षाहरु त्रिभिुवन विश्वविद्यालयले दशैँ अघि सक्ने

स्थगित भएका परीक्षाहरु त्रिभिुवन विश्वविद्यालयले दशैँ अघि सक्ने

काठमाडाैं २ साउन। लकडाउनका कारण स्थगित भएका परीक्षाहरु त्रिभिुवन विश्वविद्यालयले दशैँ अघि सक्ने तयारी गरेको छ। त्रिवि शिक्षाध्यक्ष शिव भुसालका अनुसार आइतबारसम्म कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगाे लाग्ने छ।

ठाउँको सुविधाअनुसार परीक्षा लिने तयारी गरिएको त्रिवि शिक्षाध्यक्ष भुसालले जानकारी दिए। ‘दशैँ अघि स्थगित परीक्षा लिनैपर्ने छ। परीक्षा सक्ने अन्तिम तयारीमा जुटेका छौँ,’ भुसालले भने, ‘ठाउँ अनुसार परीक्षा फरक फरक ढंगबाट हुन सक्छ।

सामाजिक दूरी कायम गरी विद्यार्थी बसेकै जिल्लाबाट परीक्षा लिने, ओपन बुक परीक्षा (अनलाइन)मार्फत् लिने, डाइरेक्ट अनलाइन परीक्षा लिने, सेमेष्टरलाई आन्तरिक परीक्षा लिने जसमा भाइभा र मौखिक परीक्षा लिने गरी प्रतिवेदन बुझाइएको थियो।



ट्रेन्डिङ