सुनसरीको सीमा क्षेत्रमा भारतीय तस्करलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सुनसरीको सीमा क्षेत्रमा भारतीय तस्करलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सुनसरी २ साउन । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई पक्राउ गर्न गोली चलाएकाे छ ।  बिहीबार राति हतियारसहित नेपाल छिरेका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाेली चलाइएकाे र यसमा २ जना घाइते भएका सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले चलाएको गोली लागेर घाइते हुनेमा भारतीय नागरिक पिन्टु यादव र राजेश यादव रहेका छन् । अन्य ३ जना भारतीय भने भाग्न सफल भएका छन् ।  एसपी थापाका अनुसार हतियार बोकेको समूह रहेको सूचना पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले अचानक गोली चलाएको थियो । सो समूह गोली चलाउँदै दशगजातर्फ बढेपछि प्रहरीका तर्फबाट पनि गाेली चलाइएकाे उनले बताए ।



ट्रेन्डिङ