कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन २ साउन। कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

बिहिबार राति १० बजे सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको मृत्यु भएको  वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेकाे छ।



ट्रेन्डिङ