कालिकोट पुगे डा.गोविन्द केसी

कालिकोट पुगे डा.गोविन्द केसी

चितवन १ साउन। कहिले देशको दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दै त कहिले स्वास्थ्य क्षेत्रमा भएको अनियमिताको बिरुद्व लढ्दै आएका डा.गोविन्द केसी कालिकोटको सरमुकाम मान्ममा पुगेका छन् । अछामबाट पैलतमार्ग हुँदै हिँडेका केसी दैलेख पुगेका छन्।

पैदल यात्रामै पुगेका डा.केसी दैलेखको आठबीस नगरपालिका–४ राकमस्थित नगरपालिका उपप्रमुख दीपा बोहोराको घरमा बास बसे। बजारमा होटलहरु बन्द भएकाले त्यहा बास बसे।बिहीबार बिहान पानी समेत नखाएर डा.केसी कालिकोट गएको उपप्रमुख बोहोराले बताइन् ।

अहिले डा.केसी कालिकोट पुगेर सामान्य होटेलमा बसेका छन् । कालिकोटमा उनी लामो समय बस्ने र त्यहाँ हाडजोर्नीका बिरामीको उपचारमा संग्लन रहनेछन् ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार डा.केसी कालिकोट आउने जानकारी पाएको तर, आइसकेको बारे आफूलाई जानकारी नभएको बताए ।



ट्रेन्डिङ