महिलाको कपाल काटी गाउँ डुलाउने पर्साका चार जना पक्राउ

महिलाको कपाल काटी गाउँ डुलाउने पर्साका चार जना पक्राउ

पर्सा १ साउन। एक महिलाको कपाल काटी गाउँ डुलाउने पर्साका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको छिपहरमाई गाउँपालिका-३ जयमंगलापुर बस्ने अन्दाजी २४ वर्षीया महिलाको कपाल काटेर गाउँ डुलाउने चार जनालाई प्रहरीले बुधबार प्रकाउ गरेको हो।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुँवरका अनुसार ती महिलाको खराब चरित्र भएको भन्दै उनकै देवर तथा छिमेकीहरू मिलेर अमानवीय व्यवहार गरेका थिए।

प्रहरीले यस घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको उनले बताए।

उनीहरूविरूद्ध प्रहरीले अपमानजनक वा अमानवीय व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। उजुरी नपरेकोले प्रहरीले उनिहरूको नाम भने खुलाउन चाहेनन्।



ट्रेन्डिङ