२४ घण्टामा १ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिए

२४ घण्टामा १ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिए

चितवन १ साउन। देशभर पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।

गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइसोलेसनमा छ हजार ५६ जना छन् भने क्वारेन्टिनमा २३ हजार पाँच सय मानिस रहेको उनले जानकारी दिए।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।



ट्रेन्डिङ