मुद्दा दर्ता हुनासाथ थाहा हुनेछ फैसला आउने दिन

मुद्दा दर्ता हुनासाथ थाहा हुनेछ फैसला आउने दिन

चितवन १ साउन। देशभरिका जिल्ला अदालतहरूमा बिहीबारदेखि मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू भएको छ।

विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन्।

यसप्रकारको व्यवस्थापनमा मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्राहीलाई दिइने छ।

मुद्दा आएपछि कर्मचारीले त्यो मुद्दालाई एउटा सफ्टवेयरमा इन्ट्री गराउँछन्। अनि नियम र दिग्दर्शनको आधारमा सफ्टवेयरले उक्त मुद्दाको वर्गीकरण गर्छ। सर्वोच्च अदालतले मुद्दाको वर्गीकरण गर्ने दिग्दर्शन बनाइसकेको छ। मुद्दा सरल, सामान्य र विशेष प्रकृति गरि तीन थरीका हुन्छन्।

सफ्ट्वेयरमा इन्ट्री गरेपछि दिग्दर्शनले निर्धारण गरेको आधारमा रहेर मुद्दाको मार्ग पहिचान हुन्छ। अनि दर्तादेखि फैसलासम्मका मुख्यमुख्य कामकारबाही हुने दिनको कार्यतालिका सम्बन्धित पक्षलाई दिइन्छ।

यस व्यबस्था पश्चात सेवाग्राहीले आफ्नो मुद्दा दर्ता भएपछि त्यसको बहस कहिले हुन्छ र फैसला कहिले हुन्छ भन्ने कुराको लिखित जानकारी पाउने छन्।



ट्रेन्डिङ