राजीनामा दिन्न, सकेको कदम चाल्नुस: प्रधानमन्त्री ओली

राजीनामा दिन्न, सकेको कदम चाल्नुस: प्रधानमन्त्री ओली

काठमाडौं १ साउन। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

‘प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो। प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू स्थायी समिति बैठक सामना गर्न तयार रहेको जवाफ समेत प्रचण्ड-नेपाललाई दिएका थिए।



ट्रेन्डिङ