यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री चाहिदैन: रामकुमारी झाँक्री

यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री चाहिदैन: रामकुमारी झाँक्री

काठमाडौं १ साउन। बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढाउन नसकेको टिप्पणी गरेकी छन् ।

विगतमा अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा आफूहरु खुशी भए पनि तेस्रो बजेट ल्याउँदासम्म निराशामात्र हात लागेको उनले बताइन् ।

अर्थमन्त्रीको कार्यशैली परम्परागत नै देखिएको र केही दशमलवमा हुने परिवर्तनलाई मात्र अर्थ मन्त्रालयले प्रगति मानेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडालाइ झाँक्रीले प्रश्न गरिन, ‘यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?

झाँक्रीले काम नगर्ने सरकारलाई यस वर्ष प्रकृतिले बाहना बनाउने मौका दिएको भन्दै व्यंङ्ग्यसमेत गरिन् । अहिले त काम नगर्नेलाई कोरोना महामारीको कारण देखाउन सजिलो भएको उनको भनाइ छ ।



ट्रेन्डिङ