नेपाल र प्रचण्डले गरे ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह

नेपाल र प्रचण्डले गरे ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह

काठमाडौं १ साउन। आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफलमा प्रचण्ड र माधवकुमार नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

भोलि बस्ने स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए। बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालबीच हुने भेटवार्ता अघि प्रचण्डले खुमलटारमा आफु निकट सचिवालय सदस्यको बैठक बोलाएका थिए जहाँ प्रधानमन्त्रीको राजीनामा माग्नाे अडान कायम राख्ने सहमति भएको थियो।

प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् । बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् ।

 



ट्रेन्डिङ