जबरजस्ती करणी आरोपमा एक पूर्व प्रहरी पक्राउ

जबरजस्ती करणी आरोपमा एक पूर्व प्रहरी पक्राउ

विराटनगर १ साउन। विराटनगरमा जबरजस्ती करणी गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन् ।

एक महिलाले २०७६ फागुन ३ मा आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै उजुरी दिएपछि विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठ पक्राउ परेका हुन् ।

पक्राउ परेका श्रेष्ठ सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका थिए। महिलाले श्रेष्ठले फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा बलात्कार गरेको भनी जाहेरी दिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ । उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ । नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको डीएसपी राईले बताए ।

 



ट्रेन्डिङ