हिमानी ट्रस्टले गर्यो अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई सहयोग

हिमानी ट्रस्टले गर्यो अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई सहयोग

काठमाडौं १ साउन। कोरोनाभाइरस महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाइ हिमानी ट्रस्टले पिपिईलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ। ट्रस्टले बिहीबार आठौं चरणको राहत काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई वितरण गरेको हो।

काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको होस्टलमा बसोबास गर्ने ५० विद्यार्थीलाई ४० बोरा चामल र २ बोरा दाल, चितवनका ६० घरपरिवार चेपाङ समुदायलाई ६० बोरा चामल र ६ बोरा दाल, कञ्चनपुर, गोरखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकास्थित क्वारेन्टिनमा फिल्टरसहित झुल वितरण गरिएको कोषले जानकारी दिएको छ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी लगायतलाई ट्रस्टले सहयोग गरेको कोषकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले जानकारी दिइन्।‘त्रिभुवन विश्वविद्यालयको होस्टेलमा बसोबास गर्ने विद्यार्थी, अपांगता भएका विद्यार्थी, विपन्न बालबालिका तथा जेष्ठ नागरिकलगायत १८ सय जनालाई ट्रस्टले खाद्यान्न सहयोग गरेको छ,’ बिहीबार आयोजित ट्रस्टको कार्यक्रममा अध्यक्ष शाहले भनिन्।

काठमाडौंका फलफूल तथा तरकारी व्यापारी १५ सय जनालाई मास्कलगायत सामग्री कोषले दिएको पनि शाहले बताइन्।

 



ट्रेन्डिङ