प्रचण्डले बालुवाटार बैठकअघि बहुमत सचिवालय सदस्यसंग गरे छलफल

प्रचण्डले बालुवाटार बैठकअघि बहुमत सचिवालय सदस्यसंग गरे छलफल

काठमाडौं १ साउन। प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालबीच हुने भेटवार्ता अघि प्रचण्डले खुमलटारमा आफु निकट सचिवालय सदस्यको बैठक बोलाएका छन्।

बैठकमा ओलीको राजिनामा माग्ने बहुमत सचिवालय सदस्यहरु उपस्थित छन्।

प्रचण्ड निवास खुमलटारमा बहुमत सचिवालय सदस्यहरुको बैठक बिहान ९ बजेदेखि सुरु भएर साढे ११ बजे सकिएको एक सचिवालय सदस्यले बताए।

बैठकमा अध्यक्ष प्रचण्ड सहित, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए।



ट्रेन्डिङ