ओली, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल सुरु

ओली, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल सुरु

काठमाडौं १ साउन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किदै गएपछि पार्टिका दुइ अध्यक्षबिच निरन्तर रुपमा छलफल चलेको भए पनि कुनै निचोड भने दिन सकेको छैन।आज साढे ११ बजेपछि सुरु भएको त्रिपक्षीय छलफलमा आज नेता नेपाललाई पनि सहभागी गराइएको हो ।

नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच हुदै आएको वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर २ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउदै आएका छन् ।



ट्रेन्डिङ