जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

दाङ १ साउन। आज (बिहीबार) विहान दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

विहान  साढे ५ बजेतिर कपिलबस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ९६६२ नम्वरको बोलेरो जीप घोराही उपमहानगरपालिका वडा  नं. ३ मुसोटमा दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ पहाडको भित्तामा ठोक्किएको थियो।

विहान ५:३० बजे भएको घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय पदम वलीको मृत्यु भएको छ।

घाइतेहरु  सोही ठाउँका २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपल श्रेष्ठको अवस्था गम्भीर छ।

त्यस्तै जीपका चालक तुलसीपुर १५ कै ३८ वर्षीय भिमबहादुर वली र सोही ठाउँकै १७ वर्षीय विशाल वली पनि घाइते भएका छन्।



ट्रेन्डिङ