भारतमा २४ घन्टामा थपिए ३२ हजार भन्दा बढि नयाँ कोरोना संक्रमित

भारतमा २४ घन्टामा थपिए ३२ हजार भन्दा बढि नयाँ कोरोना संक्रमित

काठमाडौं १ साउन। छिमेकि मुलुक भारतमा २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार ६९५ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ