बलात्कार आरोपमा पोखरामा ४ युवक पक्राउ

बलात्कार आरोपमा पोखरामा ४ युवक पक्राउ

पोखरा १ साउन। पोखरामा बालिकालाई जवरजस्ती उठाएर गाडीमा राखी लेकसाइडको एक होटलमा पुर्‍याएर बलात्कार गरेर भाग्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-२ बागलुङ बसपार्कस्थित सहारा अस्पताल अगाडिबाट बुधबार १ बालिकालाई जवरजस्ती उठाएर गाडीमा राखी लेकसाइडको एक होटलमा पुर्‍याएर बलात्कार गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो ।

घटनामा संलग्न ४ व्यक्ति र ग १ च ७७४५ नम्बरको निजी कारलाई पोखरा महानगरपालिका–१८ लामा गाँउबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-३, का २४ वर्षीय कपिल गुरुङ, सोही ठाउँका २२ वर्षीय योगेश थकाली, अन्नपूर्ण-३,काँडेका १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङ रहेका छन् ।



ट्रेन्डिङ