नारायणी नदी किनारमा एक पुरुषको शव फेला

नारायणी नदी किनारमा एक पुरुषको शव फेला

नवलपुर १ साउन। गैँडाकोट–७ मा अवस्थित नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ ।

नारायणी नदी किनारमा भेटिएको उक्त शव नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ मा बसोबास गर्ने ५९ वर्षीय कृष्णप्रसाद चालिसेको रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाका अनुसार असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका हुन्।

उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ।



ट्रेन्डिङ