उद्धार टोली नै दुर्घटनामा पर्यो

उद्धार टोली नै दुर्घटनामा पर्यो

काठमाडौं १ साउन। केहिदिन अघि मेलम्ची खानेपानी आयोजनाको गेट फुट्दा बेपत्ता भएकाहरुको खोजी गर्न खटिएको टोली नै दुर्घटनामा परेको छ।

खोजी गर्न खटिएको उद्धार टोलीको डुंगा पल्टिएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार टोलीमा रहेका सात जनामध्ये पाँच जनाको उद्धार गरिसकिएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले अरु दुइ जनाको उद्धार भइरहेको र उनीहरु सकुशल रहेको बताए।

आज बिहान सशस्त्र र नेपाली सेनाका सात जनाको उद्धार टोलीले बेपत्ताहरुको खोजी सुरु गरेको थियो।

मेलम्ची ११ को पूलबाट एक सय मिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ। डुंगामा सवार सात जना पौडिएर निस्किएको र डुंगा बाहुनेपाटीमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



ट्रेन्डिङ