Banner News
फेरि गयो सिन्धुपाल्चोकमा पहिरो, ५ जना बेपत्ता

चितवन १ साउन। अविरल वर्षाका कारण गएराति सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकामा पहिरो गएको छ।
गएराति खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् ।
राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएका छन्।