नोभेम्बर महिनामा हुने भयो कतारमा विश्वकप

नोभेम्बर महिनामा हुने भयो कतारमा विश्वकप

काठमाडौं ३१ असार। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ ।

अहिलेसम्म जुन र जुलाईमा विश्वकप फुटबल हुने प्रचलन थियो तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ ।



ट्रेन्डिङ