रुपन्देहीमा दुई जनाको शव फेला, एकको पहिचान खुल्न बाकीँ

रुपन्देहीमा दुई जनाको शव फेला, एकको पहिचान खुल्न बाकीँ

बुटवल ३१ असार। आज (बुधबार) दिउँसो रुपन्देहीको सैनामैना र देवदहमा दुई जनाको शव फेला परेको छ।

सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षीय जंगबहादुर मल्लाह मृत भेटिएका हुन्।

त्यस्तै, देवदह नगरपालिका वडा नं. ७ शितलनगरस्थित मदन आश्रित स्मृति सभाहलको बरन्डामा पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्दाजी ४५/५० वर्ष उमेरको तराई मूलको जस्तो देखिने पुरूषको शव सडिसकेको अवस्थामा फेला परेको छ।



ट्रेन्डिङ