मेयरका छोरा ५ लाख घुस रकमसहित पक्राउ

मेयरका छोरा ५ लाख घुस रकमसहित पक्राउ

सिरहा ३१ असार। बुधबार दिउँसो सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधिन पेट्रोल पम्पबाट पक्राउ गरेको हो।

मण्डलसँगै आएको उनका साथी जितेन्द्र महतोलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार बर्दिवास कार्यालयको सूचना अधिकारी मणीराज ज्ञवालीका अनुसार अख्तियारको टोलीले दुवैजनालाई योजना डिपिआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घुस लिँदालिँदै समातिएका छन् ।



ट्रेन्डिङ