बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी प्रहरी नियन्त्रणमा

बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी प्रहरी नियन्त्रणमा

चितवन ३१ असार। बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लागेको थियो।

चितवनको भरतपुर बस्ने एक महिलालाई एसएसपी अधिकारीले आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ ।

एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन् ।



ट्रेन्डिङ