साउन १ देखि निजी विद्यालयले वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने

चितवन ३१ असार। साउन १ देखि निजी विद्यालयले वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने घोषणा गरेका छन् । बुधबार विज्ञप्ति निकाल्दै प्याब्सन र एनप्याब्सनले वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने घोषणा गरेका हुन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१ साउनदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरी आफ्ना शिक्षक–कर्मचारीलाई बेतलबी घरबिदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ ।’
‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयको आर्थिक अवस्था जर्जर भएको छ,’ विज्ञप्तिमा भनिएको छ । ११ महिनाको शुल्क उठाउन पाउनु पर्नेलगायतका माग निजीले राख्दै आएका छन् ।