ओली-प्रचण्ड छलफल निष्कर्षविहिन

ओली-प्रचण्ड छलफल निष्कर्षविहिन

काठमाडौं ३१ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ।

आज(बुधबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारडफमा भएको भेटवार्ता दिउँसो साढे दुई बजेसम्म चलेको थियो।

आज भएको छलफल पनि उपलब्धिमूलक नभएको स्रोतको दाबी छ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भए पनि नेताका अडानले सहमति जुट्न सकेको छैन।



ट्रेन्डिङ