विपन्न परिवारका लागि घर बनाउदै राप्ती नगरपालिका

विपन्न परिवारका लागि घर बनाउदै राप्ती नगरपालिका

चितवन ३१ असार। विपन्न परिवारका लागि चितवनमा रहेको राप्ती नगरपालिकाले घर निर्माणको काम सुरु गरेको छ ।

खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो ।

हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गर्ने नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो।

नगरपालिकाको रु तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उनले बताइन् ।

नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।



ट्रेन्डिङ