Banner News
आयातित मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरुलाइ प्रतिबन्ध लगाउन माग

काठमाडौं ३१ असार। आज(बुधबार) नेपाल औषधि उत्पादक संघ (एपोन)ले सरकार विरुद्ध प्रदर्शन गरेको छ । कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
उच्च क्वालिटिको मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक मेडिकल सामाग्री उत्पादन गर्ने क्षमता स्वदेशी उद्योगहरुमा हुँदाहुँदै सरकारले स्वदेशी उद्योग र उत्पादन दुबैलाई उपेक्षा गर्दै विदेशी कम्पनीहरुलाई प्राथमिकता दिएको संघको आरोप छ ।
उक्त कार्य तत्काल रोकी स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिन संघले सरकारसँग माग गरेको छ ।