जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने

जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने

एजेन्सी ३१ असार। आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जापानको केन्द्रीय बैंकले जनाएको छ। बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ।

जापानको केन्द्रीय बैंकले कोरोना भाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ।

बैंक अफ जापानले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोना भाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ।’



ट्रेन्डिङ