विश्व बैंकले फास्ट ट्र्याक निर्माणको परामर्शदातालाई लगायो प्रतिबन्ध

विश्व बैंकले फास्ट ट्र्याक निर्माणको परामर्शदातालाई लगायो प्रतिबन्ध

काठमाडौं ३१ असार। काठमाडौंदेखि तराई जोड्ने फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माणमा काम गरिरहेको सेनाले परामर्शदाताको रुपमा छनोट गरेको कम्पनीलाई विश्व बैंकले १३ महिनाको प्रतिबन्ध लगाएको छ।

लकडाउनका बेला हतार–हतारमा सेनाले कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसनको जेभीलाई छनोट गरेको थियो। उक्त कम्पनी भारतमा समेत प्रतिबन्धित छ।

विश्व बैंकले योसिनलाई जुलाई १ बाट लागू हुने गरी पहिलो चरणमा १३ महिनाका लागि प्रतिबन्ध लगाइएको हो। योसिनले भानुआतुको एभिएसन इन्भेस्टमेन्ट प्रोजेक्टमा गैरकानुनी काम गरेको भन्दै विश्व बैंकले प्रतिबन्ध लगाएको हो।

बैंकले भनेको छ, ‘यो प्रतिबन्धसँगै योसिन कम्पनीले विश्व बैंकको संलग्नता भएको कुनै पनि आयोजनाको प्रतिस्पर्धामा सहभागी हुन पाउनेछैन।’
योसँगै सेनाले राष्ट्रिय गौरवको आयोजनाका लागि हतार-हतारमा गरेको परामर्शदाता छनोटको विषयमा नैतिक प्रश्न खडा भएको छ।



ट्रेन्डिङ