मोरङमा विप्लव समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज हतियारसहित पक्राउ

मोरङमा विप्लव समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज हतियारसहित पक्राउ

चितवन ३१ असार। मोरङमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो साढे दुई बजे ४० वर्षीय नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरा हतियारसहित पक्राउ परेका हुन्।

प्रहरीले उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा बोहोरालाई पक्राउ गरेको मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।उनीबाट प्रहरीले एक थान कटुवा पेस्तोल, तीन थान गोली, सकेट बम, केही थान सिम बरामद गरेको छ।

उनले यसअघि विभिन्न ठाँउमा विस्फोटक पदार्थ राखेको, बम विस्फोटन गराएका र हातहतियारसम्बन्धी विभिन्न घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



ट्रेन्डिङ