महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ: प्रकाशमान सिंह

महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ: प्रकाशमान सिंह

काठमाडौं ३१ असार। बुधबार राजधानीमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए।

पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताए ।

‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धिको अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’



ट्रेन्डिङ