बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

कालिकोट ३१ असार। कलिकोटमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

कलिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही बलात्कार आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटको अनुसार १७ वर्षीया किशोरीलाई शाहीले २०७४ सालदेखि ललाइफकाई बलात्कार गरेको उजुरी परेपछि असार ३० गते पक्राउ गरिएको हो । उनी नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी गरायो ।



ट्रेन्डिङ