सप्तरीमा डुबानमा परेका घरहरु भत्किन थाले

सप्तरीमा डुबानमा परेका घरहरु भत्किन थाले

सप्तरी ३१ असार। सप्तरीमा चार दिनदेखि परेको वर्षाका कारण डुबानमा परेका घरहरु भत्किएका छन्। सप्तरी प्रहरीका अनुसार वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको छ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको, महदेवा-१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए। घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन्।

यस्तै डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ। डाक्नेश्री-३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको छ,यसैगरी तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा क्षति भएको छ।



ट्रेन्डिङ