विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघ्यो

एजेन्सी ३१ असार। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ७१ हजार ७ सय ५६ पुगेको हो।

त्यस्तै हालसम्म कोरोनाबाट ५ लाख ७६ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ त्यस्तै ७३ लाख ६७ हजार १ सय ६ जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख २४ हजार ३ सय ४ पुगेको छ भने १ लाख ३६ हजार ४ सय ३२ को मृत्यु भइसकेको छ।

ब्राजिलमा १९ लाख २६ हजार ८ सय २४ संक्रमित र ७४ हजार १ सय ३३ को मृत्यु।

त्यस्तै भारतमा ९ लाख ६ हजार ७ सय ५२ संक्रमित र २३ हजार ७ सय २७ को मृत्यु तथा रुसमा ७ लाख ३८ हजार ७ सय ८७ संक्रमित र ११ हजार ५ सय ९७ को मृत्यु भइसकेको छ।



ट्रेन्डिङ