भैरहवाका एक सुन व्यापारी पक्राउ

भैरहवाका एक सुन व्यापारी पक्राउ

काठमाडौं ३० असार । भैरहवाका एक सुन व्यापारी अवैध सुन आयात गरी कारोबार गरेको आरोपमा पक्राउ परेका छन् । आन्तरिक राजस्व विभागले भैरहवा गल्लामण्डीमा रहेको सोनी ज्वेलर्सका प्रोप्राइटर सुनील सुनार र उनका सहयोगी अमित परियार अवैध सुन चोरी तथा आयात गरी राजस्व चुहावट गरेको र अवैध आर्थिक कारोबार गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ९९ लाख ५ हजार रुपैयाँ नगद तथा कागजात बराबद गरिएको छ । विभागका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।  विभागमा सुनारले अवैध सुन कारोबार गरेको सूचना प्राप्त भएको थियो । विभागको टोलीले मंगलबार उनको कारबाट अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरेको ७३ लाख ५५ हजार र उनको पक्लिहवास्थित घर र सोनी ज्वेलर्सबाट थप २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।



ट्रेन्डिङ