तनहुँ पहिरो अपडेट: ११ जनाको मृत्यु,१ जना वेपत्ता

तनहुँ पहिरो अपडेट: ११ जनाको मृत्यु,१ जना वेपत्ता

तनहुँ ३० असार। आइतबार राति परेको भीषण बर्षाले तनहुँमा आएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पहिरोमा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ५२ बर्षीय पदम भुजेल (चेपाङ) को शव मंगलबार दिउँसो चार बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

त्यस्तै पहिरोमा परि अझै एक जना वेपत्ता छन् ।

उनी सोमबार विहान घरमाथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।



ट्रेन्डिङ